Wickedness and Anger
Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
भजनसंग्रह 7 दाऊदको शिग्गायोन, जुनचाहिँ उनले बेन्यामिनी कुशका वचनहरूको विषयमा परमप्रभुका निम्ति गाए
1 हे परमप्रभु मेरा परमेश्वर, तपाईंमाथि नै म भरोसा राख्दछु; मलाई मेरा सबै सताउनेहरूबाट बचाउनुहोस्, र मलाई छुटकारा दिनुहोस् ! 2 नत्र ता त्यसले सिंहले झैं मेरो प्राणलाई फहराउनेछ; छुटकारा दिने कोही नहुँदा त्यसले यसलाई टुक्रा-टुक्रा पार्नेछ । 3 हे परमप्रभु मेरा परमेश्वर, मैले यो गरेको छु भने, मेरा हातहरूमा अधर्म छ भने; 4 मसँग मिलापमा बस्नेलाई बदलामा मैले खराबी गरेको छु भने; (बरु जो विनाकारण नै मेरो शत्रु भएको छ, त्यसलाई मैले छुटाएको छु); 5 शत्रुले मेरो प्राणको खेदो गरोस् र यसलाई पक्रोस्; अँ, त्यसले मेरो ज्यानलाई भुइँमा कुल्चीमिल्ची पारोस्, र मेरो इज्जत धूलोमा मिलाओस् । सेला 6 हे परमप्रभु, आफ्नो रिसमा उठ्नुहोस्; मेरा शत्रुहरूको क्रोधको कारणले आफूलाई खड़ा पार्नुहोस्; अनि तपाईंले आज्ञा गर्नुभएको न्याय गर्न मेरा निम्ति जाग्नुहोस् ! 7 तब मानिसहरूको समुदायले तपाईंलाई घेर्नेछ; यसकारण तिनीहरूको खातिर तपाईं उच्च स्थानमा फर्कनुहोस् ! 8 परमप्रभुले मानिसहरूको न्याय गर्नुहुनेछ । हे परमप्रभु, मेरो धार्मिकताअनुसार र ममा भएको मेरो इमानदारीअनुसार मेरो न्याय गर्नुहोस् ! 9 अँ, दुष्टहरूको दुष्टताको अन्त होस्, तर धर्मी जनलाई स्थिर पार्नुहोस्; किनकि धर्मी परमेश्वरले हृदय र अन्तस्करणहरू जाँच्नुहुन्छ । 10 मेरो सुरक्षा परमेश्वरमा छ, जसले सीधा हृदय भएकाहरूलाई बचाउनुहुन्छ । 11 परमेश्वर धर्मी जनको न्याय गर्नुहुन्छ; अनि दिनहुँ परमेश्वर दुष्टसित क्रोधित हुनुहुन्छ । 12 यदि त्यो फर्केन भने उहाँले आफ्नो तरवारमा सान लाउनुहुनेछ । उहाँले आफ्नो धनुको ताँदो चढ़ाएर त्यसलाई तयार पार्नुभएको छ । 13 अनि आफ्नो निम्ति उहाँले मृत्युका हतियारहरू तयार पार्नुभएको छ; उहाँले सताउनेहरूको विरोधमा आफ्ना काँड़हरू नियुक्त गर्नुहुन्छ । 14 हेर, त्यो कुकर्मको प्रसुति-वेदनामा छ, उपद्रवलाई गर्भ धारण गरेको छ र झूटोपनलाई जन्माएको छ । 15 त्यसले खनेर एउटा खाड़ल बनायो, अनि आफूले बनाएको त्यस खाल्डोभित्र खस्यो । 16 त्यसको उपद्रव त्यसकै टाउकोमाथि फर्कनेछ, अनि त्यसको अत्याचार त्यसकै थाप्लोमाथि आइपर्नेछ । 17 म परमप्रभुको प्रशंसा उहाँकै धार्मिकताअनुसार गर्नेछु, र परमप्रधान परमप्रभुको नामको स्तुति गाउनेछु ।
दुष्टता र रीस
Psalm 7:11 परमेश्वर धर्मी जनको न्याय गर्नुहुन्छ; अनि दिनहुँ परमेश्वर दुष्टसित क्रोधित हुनुहुन्छ ।
बाइबलीय सन्दर्भ
परमेश्वरमा कुनै दुष्टता छैन परमेश्वरले मानिसहरूलाई सकली अधिकार दिनुभएको छ
होटेलको उदाहरण आदम र सैतान जो सर्पको रूपमा आयो (जनावार कसको अधिनतामा राखिएको थियो ?) त्यसैकारण दुष्टता छ भन्दैमा परमेश्वरले हामीलाई बेवास्ता गर्नुभयो होइन, अथवा उहाँ हुनुहुन्न भन्ने अर्थ होइन
तपाईले दुष्टतालाई घृणा गर्नुहुन्छ ? परमेश्वर बढी घृणा गर्नुहुन्छ तपाईले धेरै दुष्टता सहनुपरेको छ ? परमेश्वरले बढी सहनुपर्नुभएको छ मण्डलीमा पनि एउटै निष्कर्ष हुन्छ कि दुष्टता छ भने यसको अर्थ उहाँले वास्ता गर्नुहुन्न भनी होइन
मण्डलीमा पनि दुष्टता हुन्छ भनेर येशूले नै हामीलाई बताउनुभयो (Matthew 7:15 “झूटा भविष्यवक्ताहरूदेखि होसियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ तिनीहरू लुटाहा ब्वाँसा हुन्छन् ।) प्रेरित पावलले पनि मण्डलीलाई चेतावनी दिए (Acts 20:29 किनभने मलाई यो थाह छ, म गएपछि तपाईंहरूको बीचमा क्रूर ब्वाँसाहरू भित्र पस्नेछन्, जसले बगाललाई छोड़्नेछैनन् ।)
भजनसंग्रह ७
यस खण्डमा दाऊद चाहिँ दुष्टताले घेरेका छ, सतावतमा परेको छ (पद १-२) तर उसले परमेश्वरमाथि भरोसा गर्छ
उसले जे गर्छ हामीले पनि गर्नुपर्ने हो । उसले सहायताको लागि परमेश्वरलाई पुकार्छ
हाम्रो सिक्षको लागि यही पुकार बाइबलमा राखिएको छ
अहिले तपाई दुष्टतासँग संघर्ष गर्दै हुनुहुन्छ भने यो प्रवचन तपाईको लागि हो तपाई क्रोधित हुनुभयो भने (दुष्ट मानिसहरूसँग अथवा परमेश्वरसँग किनभने उहाँले मानिसहरूलाई दुष्ट काम गर्न दिनुभयो) यो प्रवचन तपाईको लागि हो यो प्रवचन सबै विश्वासीहरूको लागि कि हामी कसरी यो संसारमा फरक हुनुपर्छ भनेर यसले हामीलाई सिकाउँछ (अन्धकारमा ज्योति हुने) अनि यदि तपाईले येशूलाई स्वीकार गर्नुभएको छैन भने यो प्रवचन तपाईको लागि पनि हो किनकि यसले तपाईलाई कडा चेतावनी दिन्छ कि तपाईले पश्चत्ताप गरेर परमेश्वरकहाँ तुरुन्तै आउनुपर्छ
म प्रेम गर्छु भन्ने निर्णय गर्ने (३-७)
मलाई जति सताए पनि म निर्दोष रहन चाहन्छु (३-५)
बाइबलमा सत्रुलाई प्रेम गर्ने नियम छ Exodus 23:4 यदि तिमीले आफ्नो शत्रुको गोरु वा त्यसको गधालाई भड़्किरहेको भेट्यौ भने निश्चय नै तिमीले त्यसलाई त्यसकहाँ फर्काएर ल्याउनू ! 5 तिमीलाई घृणा गर्ने मानिसको गधालाई तिमीले त्यसको भारीमनि दबिएको देख्यौ भने त्यसलाई त्यतिकै नछोड़ ! निश्चय तिमीले ऊसित मिलेर त्यसलाई खोलिदिनू ! Leviticus 19:17 तिमीले आफ्नो हृदयमा आफ्नो दाजुभाइलाई घृणा नगर्नू; तिमीले निश्चय नै आफ्नो छिमेकीलाई हप्काउनू, र उसको कारणले तिमीले पाप बोक्नु नपरोस् ! 18 तिमीले बदला नलिनू, र आफ्ना जाति-भाइहरूप्रति इबी नराख्नू; तर तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर्नू; म नै परमप्रभु हुँ । Matthew 5:43 “तिमीहरूले सुनेका छौ, यो भनिएको छ, ‘तिमीले आफ्नो छिमेकीलाई प्रेम गर र आफ्नो शत्रुलाई घृणा गर !’ 44 तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई श्राप दिनेहरूलाई आशीर्वाद देओ, तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर, अनि तिमीहरूको बदनामी गर्ने र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, 45 र तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका सन्तान हुनेछौ; किनभने उहाँले दुष्ट र असल दुवैमाथि आफ्नो सूर्य उदय गराउनुहुन्छ, अनि धर्मी र अधर्मी दुवैमाथि झरी बर्साउनुहुन्छ । 46 किनकि तिमीहरू आफूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ र ? के महसूल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र ? 47 अनि तिमीहरू आफ्नै दाजुभाइहरूलाई मात्र अभिवादन गर्दछौ भने तिमीहरूले अरूले भन्दा के बढ़ी गर्दछौ र ? के महसूल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र ? म बदला लिने र इबी राख्ने मान्छे हुन पर्दैन तर बरू प्रेम गर्ने हुनुपर्छ परमेस्वरले नै मेरो लागि बदला लिनुहुन्छ (६-७)
Romans 12:17 खराबको बदलामा कसैलाई खराब नगर । सबै मानिसहरूको दृष्टिमा भला देखिने कुराहरूको पहिलेदेखि चिन्ता गर । 18 सम्भव भए तिमीहरूबाट जहाँसम्म हुन सक्छ, सबै मानिसहरूसँग मेलमिलापमा बस । 19 हे प्रियहो, तिमीहरू आफैले बदला नलेओ, तर बरु क्रोधलाई ठाउँ देओ; किनकि लेखिएको छ: ‘बदला लिने काम मेरो हो, म नै बदला दिनेछु, परमप्रभु* भन्नुहुन्छ ।’ 20 यसकारण ‘तिम्रो शत्रु भोकाउँछ भने त्यसलाई खान देऊ; यदि त्यो तिर्खाउँछ भने त्यसलाई पिउन देऊ; किनकि यसो गर्नाले तिमीले त्यसको टाउकोमाथि आगोको भुङ्ग्रोको रास लाउनेछौ ।’ 21 खराबीसँग नहार, तर भलाइले खराबीलाई जित ! उहाँले हामीलाई भलाई गर्नका निम्ति बोलाउनुभयो
म नम्र हुन्छु भन्ने निर्णय गर्ने (८-११)
परमेश्वर नै सबै मानिसहरूलाई न्याय गर्नुहुन्छ (८-९)
हामी चाहिँ न्यायकर्ता होइनौं उहाँको नजरमा सबै कुराहरू खोलेको हुन्छ Hebrews 4:11 यसकारण त्यस विश्राममा प्रवेश गर्नलाई हामी प्रयत्न गरौं, नत्र त्यही अविश्वासको नमुनाअनुसार कुनै मानिस लड़्ला । 12 किनकि परमेश्वरको वचन जिउँदो, प्रभावशाली र जुनै दुईधारे तरवारभन्दा पनि लाग्ने हुन्छ, जसले प्राण र आत्मालाई, जोर्नी-जोर्नी र मासीलाई पनि अलग-अलग पार्ने गरी छेंड़्छ र जो हृदयका विचार र मनसायहरू खुट्ट्याउने हुन्छ । 13 अनि सृष्टिको कुनै वस्तु उहाँको नजरबाट छिपेको छैन; तर जसलाई हामीले हिसाब बुझाउनु छ, उहाँका आँखाहरूको सामु सबै थोकहरू नाङ्गा र खुला हुन्छन् । हामीले दुष्ट मानिसहरूले गरेको दुष्टता देख्छौं र रीस उठ्छ, तर परमेश्वर मानिसहरूको दुष्ट ह्रदय र सोचाइ देख्नुहु्न्छ र रीस उठ्छ परमेश्वर दुष्टहरूसँग एकदमै क्रोधित हुनुहुन्छ (१०-११)
हामीभन्दा पनि (हामी परमेश्वरभन्दा धर्मी छैनौं) तर परमेश्वरले हाम्रो दुष्ट मनसयहरू पनि देख्नुहुन्छ
म धीरज धर्छु भन्ने निर्णय गर्ने (१२-१६)
परमेश्वर नै दण्ड र सजाय तयार गरिसक्नुभएको छ (१२-१३)
उहाँको तरवार उहाँकै हातमा छ नष्टको दिन टोकिसकेको छ, पक्क आउनेछ स्वभाविक दण्ड पनि आउँनेछ (१४-१६)
परमेश्वरले दुष्टताको लागि न्याय आफ्नो सृष्टिको कोडमा लेख्नुभएको छ गर्भवती स्त्रीजस्तै, बालक आउनेछ जसले खन्छ त्यसले भित्र खस्नेछ
James 1:13 परीक्षामा पर्दा कुनै मानिसले पनि ‘म परमेश्वरद्वारा परीक्षामा परें’ भनी नभनोस्; किनकि खराब कुराहरूद्वारा परमेश्वरको परीक्षा हुन सक्दैन, न ता उहाँ आफैले कुनै मानिसलाई परीक्षा गर्नुहुन्छ । 14 तर हरेक मानिस आफ्नै अभिलाषाद्वारा खिँचिएर र फसेर परीक्षामा पर्छ । 15 त्यसपछि जब अभिलाषा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ; अनि पाप पूरा बढ़ाइएपछि त्यसले मृत्यु उत्पन्न गर्छ । दुष्ट मानिसहरूकहाँ नष्टता आउँछ जसरी भए पनि
यी निर्णयहरू गर्न एकदमै गाह्रो छ
येशू नै हाम्रो नमुना हुनुभएको छ
उहाँ नै सत्रुलाई प्रेम गर्नुभयो
Romans 5:8 तर परमेश्वरले हामीप्रति आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ: हामी पापी हुँदा-हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो । John 3:16 किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो – उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस् । उहाँ नै नम्र हुनुभयो
Philippians 2:4 हरेकले आफ्नै कुराहरू मात्र होइन, तर हरेकले अरूका कुराहरू पनि ध्यान देओस् । 5 ख्रीष्ट येशूमा जुन मन थियो, त्यही मन तिमीहरूमा पनि होस्, 6 जसले परमेश्वरकै स्वरूपमा हुनुभएकोले परमेश्वरसँग बराबरी हुने कुरा लुटको माल सम्झनुभएन, 7 तर उहाँले आफैलाई मानरहित पार्नुभयो, र दासको रूप धारण गरेर उहाँ मानिसहरूको समानतामा हुनुभयो; 8 अनि मानिस भएको रूपमा प्रकट भएर उहाँले आफूलाई नम्र तुल्याउनुभयो, र मृत्युसम्म, अँ, क्रूसको मृत्युसम्म उहाँ आज्ञाकारी हुनुभयो । उहाँ नै धीरज धर्नुहुन्छ
2 Peter 3:7 तर त्यही वचनद्वारा अहिलेका आकाशहरू र पृथ्वीचाहिँ न्यायको दिन र भक्तिहीन मानिसहरूको विनाशका लागि जोहो गरिएर आगोका निम्ति साँचेर राखिएका छन् । 8 तर प्रियहरूहो, यस एउटा कुराको विषयमा अजान नरहो: प्रभुका निम्ति एक दिन हजार वर्षजस्तो र हजार वर्ष एक दिनजस्तो हो । 9 कतिले ढिलाइ सम्झेझैं आफ्नो प्रतिज्ञाको विषयमा प्रभु ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबैले पश्चात्ताप गरून् भन्ने इच्छा राखेर उहाँ हामीप्रति धीरज देखाउनुहुन्छ । 10 तर प्रभुको दिनचाहिँ राती चोर आएझैं आउनेछ, जुन दिनमा आकाशहरू ठूलो शब्द गरेर बितिजानेछन्, तत्वहरू प्रचण्ड तापले गर्दा पग्लनेछन् अनि पृथ्वी र त्यसमा भएका कामहरू जलेर शेष हुनेछन् ।
यसैकारण दुष्ट दिनमा पनि हामी परमेश्वरलाई प्रशंसा गर्नेछौं
Verse 17
Psalm 75:8-10