Untitled Sermon (6)

Sermon  •  Submitted   •  Presented
0 ratings
· 7 views
Notes
Transcript

Righteous Christ

How does Christ's sinlessness assure us of our relationship with God?
In what ways did Christ demonstrate obedience throughout His life?
How does the author of the sermon support the claim that Christ was righteous in every way?
What implications does Christ’s suffering on the cross have for believers today?
What does the sermon suggest is necessary for believers to have a relationship with God?
What does it mean for us to live righteously in light of Christ's righteousness?
वास्तवमा खीष्टको धार्मिकता के हो ? र यसले परमेश्वरसँगको हाम्रो दैनिक सम्बन्धमा हामीलाई कसरी निश्चयता दिन्छ ? यी प्रश्नहरुको जवाफ दिन वचनका केही पदहरु हेरौः
 
* “किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौ भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो” (२ कोर ५:२१)
 
"हामीले यो पदमा विचार गर्नु पर्ने पहिलो कुरा, येशूको पापरहितता - सिद्ध आज्ञाकारिता हो । धर्मशास्त्रले बारम्बार यो कुराको प्रमाण दिन्छ । नयाँ करारका पत्रहरुका चार प्रमुख लेखकहरु सबैले येशू यस पृथ्वीमा शरीरमा हुँदा पापरहित र सिद्ध आज्ञाकारी जीवन जिउनुभयो भनि गवाही दिन्छन् । पत्रुस, यूहन्ना र हिब्रूका लेखकले पनि यसरी गवाही दिएका छन्ः 'उहाँले कुनै पाप गर्नुभएन' (१ पत्र २:२२); 'उहाँमा कुनै पाप छैन' (१ यूह ३:५); येशू सबै कुरामा 'परीक्षित हुनुभयो र पनि पापरहित हुनुहुन्थ्यो' (हिब्रू ४:१५) ।
 
येशूको पापरहितताको सबैभन्दा शक्तिशाली सङ्केत उहाँकै आफ्नै मुखबाट निस्क्यिो । यहूदीहरुको समूह, जसलाई उहाँले भर्खरै 'तिमीहरु आफ्नो पिता दियाबलसका हौ' भन्नुभएको थियो, तिनीहरुलाई उहाँले सोध्नुभयो, 'तिमीहरुमध्ये कसले मलाई पापको दोष लाउन सक्छ ?" (यूह ८:४४-४६) । आफू पापरहित भएको थाहा हुनाले येशूले यो प्रश्न सोध्न सक्नुहुन्थ्यो । त्यसैगरि, येशूले पिताको बारेमा निर्धक्क भई भन्न सक्नुहुन्थ्यो, 'म सधैं उहाँलाई प्रसन्न तुल्याउने काम गर्दछु' (यूह ८:२ ९) । उहाँको जीवनको हरक्षण, जन्म देखि मृत्युसम्मै, उहाँले परमेश्वरको व्यवस्था सिद्धसँगले पालना गर्नुभयो । र यही व्यवस्था खास हामीमा पनि लागु हुन्छ ।
 
'खीष्टको आज्ञाकारिता परीक्षाद्वारा जाँचिएको थियो (मत्ती ४:१-११; हिब्रू ४:१५), र त्यो परीक्षाको तीव्रता हामीले कल्पना पनि गर्न सक्दैनौ । त्यस्तो परीक्षा न हामीले कहिल्यै सामना गरेका छौं न कहिले गर्नेछौं । जब हामी परीक्षासँग संघर्ष गर्न हात उठाएर परीक्षामा नै रूमलिन्छौं तब केही समयको लागि दबाब कम भएको महसुस गर्छौ होला, तर येशूले कहिल्यै पनि हार मान्नु भएन । परीक्षासँग डटिरहनुभयो।
 
यो कुरा यति आश्चर्यजनक भए तापनि यो खीष्टको आज्ञाकारिताको प्रतीक भने थिएन । उहाँको आज्ञाकारिताको शिखर तब देखियो जब 'उहाँले आफैलाई होच्याउनुभयो, र क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो' (फिली २:८) । "खीष्टको आज्ञाकारी मृत्यु उहाँको धार्मिकताको पराकाष्ठा हो।
 
यसका प्रभावहरुलाई हामी नबिसौं । हामीले भोग्नु पर्ने परमेश्वरको क्रोध येशू आफैंले भोगेर क्रूसमा हाम्रो पापको ज्याला चुकाउनुभयो । यसको लागि उहाँले एउटा अभूतपूर्व काम गर्नुपर्ने थियो । उहाँ सिद्ध रुपमा आज्ञाकारी हुनुपर्ने थियो जुन हाम्रो लागि असम्भव कुरा हो । र हामीबाट कहिल्यै माग पनि गरिदैन । परमेश्वरसँग हामी सम्बन्धमा जोडिनको लागि उहाँले पितासँगको आफ्नो सम्बन्ध त्याग्नु आवश्यक थियो । पिताबाट टाढिनु पर्ने वेदनाको कारण उहाँको पसिना रगतका ठूला थोपाजस्तै जमिनमा खस्यो (लूक २२:४४) । र आफ्नो आज्ञाकारिताको शिखरमा उहाँले ठूलो सोरले कराउनुभयो, 'हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईले मलाई किन त्याग्नुभएको छ ? उहाँले भोग्नु भएको शारीरिक कष्ट आफ्नो पिताबाट अलग हुनुको पीडाको तुलनामा केही थिएन । यदि हामी सम्पूर्ण इतिहास हेछौँ भने, येशू एक मात्र मानव हुनुहुन्छ जो साँच्चै सबै तरिकामा धर्मी हुनुहुन्थ्यो, उहाँ कस्तो तरिकाले धर्मी हुनुहुन्थ्यो भन्ने कुरा हाम्रो समझ भन्दा बाहिर नै छ।
Related Media
See more
Related Sermons
See more
Earn an accredited degree from Redemption Seminary with Logos.