Upon This Rock
Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
Jesus gave himself for the Church
Jesus gave himself for the Church
जब येशू सिजरिया फिलिप्पीका इलाकाहरूमा आउनुभयो, तब उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्नुभयो: “मानिसहरू के भन्छन् – म, मानिसका पुत्रचाहिँ को हुँ ?”अनि तिनीहरूले भने: “तपाईंलाई कसैले बप्तिस्मा दिने यूहन्ना, कसैले एलिया र अरूले यर्मिया अथवा भविष्यवक्ताहरूमध्ये कुनै एक हुन् भनी भन्छन् ।”उहाँले तिनीहरूलाई भन्नुभयो: “तर तिमीहरूचाहिँ नि के भन्छौ – म को हुँ ?”अनि शिमोन पत्रुसले जवाफ दिएर भने: “तपाईं जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ ।”अनि येशूले जवाफ दिएर उनलाई भन्नुभयो: “योनाका छोरा शिमोन, तिमी धन्य हौ; किनकि मासु र रगतले तिमीलाई यो कुरा प्रकट गरेको होइन, तर मेरा पिताले, जो स्वर्गमा हुनुहुन्छ ।अनि म पनि तिमीलाई भन्दछु, तिमी पत्रुस हौ, र यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु, अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन् ।अनि म तिमीलाई स्वर्गको राज्यका चाबीहरू दिनेछु; र पृथ्वीमा तिमीले जे बाँधौला, सो स्वर्गमा बाँधिनेछ, अनि पृथ्वीमा तिमीले जे फुकाऔला, सो स्वर्गमा फुकाइनेछ ।”त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई, ‘यी येशू नै ‘ख्रीष्ट’ हुनुहुन्छ’ भनी कसैलाई नभन्नू भनी कड़ा आज्ञा दिनुभयो ।
मत्ती
Matthew 16:13-20
Jesus invites us into fellowship of the Church
Jesus invites us into fellowship of the Church
अनि उहाँहरूले खाँदै गर्नुहुँदा येशूले रोटी लिएर आशिष दिई भाँच्नुभयो, अनि चेलाहरूलाई दिनुभयो, र भन्नुभयो: “लेओ, खाओ; यो मेरो शरीर हो ।”अनि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिएर यसो भन्दै तिनीहरूलाई दिनुभयो: “तिमीहरू सबैले यसबाट पिओ !किनभने यो नयाँ वाचाको मेरो रगत हो, जोचाहिँ धेरैका लागि पापहरूको क्षमाका निम्ति बहाइन्छ ।तर म तिमीहरूलाई भन्दछु, अबदेखि उसो जबसम्म म मेरा पिताको राज्यमा तिमीहरूसित यो नयाँ पिउँदिनँ, त्यस दिनसम्म म यस दाखको फलबाट कहिल्यै पिउनेछैनँ ।”
Matthew 26:26-29
Jesus empowers us to be the Church
Jesus empowers us to be the Church
अनि तिनीहरूकहाँ आएर येशू तिनीहरूसँग यसो भन्दै बोल्नुभयो: “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ ।यसकारण तिमीहरू जाओ, र सबै जातिहरूलाई चेला बनाओ, तिनीहरूलाई पिताको, पुत्रको र पवित्र आत्माको नाममा बप्तिस्मा देओ,मैले तिमीहरूलाई जे-जे आज्ञा गरें, ती सबै तिनीहरूलाई पालन गर्न सिकाओ; अनि हेर, म सधैंभरि, अँ, संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु ।” आमेन !
Matthew 28:18-20
चर्चको लागि येशूले आफैलाई दिनुहुन्छ
चर्चको लागि येशूले आफैलाई दिनुहुन्छ
मत्ती १६:१३-२०
मुख्य रूपमा येशू चर्चलाई स्थापना गर्नका निम्ति आउनुभयो
तर तपाई भन्नुहुन्छ, “येशू मर्नका निम्ति आउनुभएन र ?”
हो, तर कसको निम्ति मर्नुभयो त? (एफेसी ५:२५)
येशू परमेश्वर हुनुहुन्छ भन्ने प्रकट भएको सत्यताद्वारा चर्च स्थापना हुन्छ
परमेश्वर चर्चको लागि र चर्चद्वारा यो सत्यता प्रकट गराउदै हुनुहुन्छ
परमेश्वर आफ्नो मण्डलीमा लगानी गर्नुहुन्छ
चर्चको संगतीमा येशूले हामीलाई निम्तो गर्नुहुन्छ
चर्चको संगतीमा येशूले हामीलाई निम्तो गर्नुहुन्छ
मत्ती २६:२६-२९
प्रभुको भोजमा हामी उहाँसँग सहाभगी हुन्छौं
हामी उहाँलाई स्वीकार गर्छौं
उहाँको सम्बन्धभित्र पस्छौं
येशू आफ्नो चर्चको लागि पर्खिरहनुहुन्छ
यो संगती येशू र उहाँको चर्चको बिचमा एउटा विशेष समय हो
१ कोरिन्थी ११:२३-२६
चर्च हुनको लागि येशूले हामीलाई शक्ति दिनुहुन्छ
चर्च हुनको लागि येशूले हामीलाई शक्ति दिनुहुन्छ
मत्ती २८:१८-२०
“यसकारण” भन्ने शब्दले हामीलाई उत्साहा दिनुपर्छ
शक्ति येशू ख्रीष्टसँग छ र हामी उहाँसँग सम्बन्ध राखेका छौं
उहाँ हामीसँग हुनुहुन्छ र हामीलाई त्याग्नुहुन्न
हामी उहाँको चर्चको रूपमा यो संसारमा बस्नुपर्छ
यो हाम्रो लागि एउटा आज्ञा हो
हामी गर्दैनौ भने हामी अनाज्ञाकारी छौं
हामी चर्चबिना गर्छौं भने हामी शक्तिबिना गर्दछौं